रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन

पाेखरा | असोज २४, २०८०

रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन

पोखरा:   पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ ।

 

एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो ।

 

१/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे ।

 

लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए ।

 

प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे । 

 

प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।

 

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे  त्रिशक्ति युनाइटेड घोषित भयो । 

 

कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्